गगन र विश्वमाथि उठ्यो अनुशासनको प्रश्न, नेतृत्वमाथि तथानाम बोलेको आरोप

हिमाल प्रेस ३ साउन २०८० १३:३२
62
SHARES
गगन र विश्वमाथि उठ्यो अनुशासनको प्रश्न, नेतृत्वमाथि तथानाम बोलेको आरोप

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अनुशासन उल्लंघन गरेको भन्दै प्रश्न उठेको छ। कांग्रेस सुदूरपश्चिम प्रदेशसभापति वीरबहादुर बलायरले पार्टी पदाधिकारीमै बसेर पदाधिकारीविरुद्ध बोलेको भन्दै प्रश्न उठाएका हुन्।

‘केन्द्रीय कार्यसमितिमा भएका मानिसहरूलाई अनुशासन लाग्छ कि लाग्दैन ? एउटा केन्द्रीय सदस्य, पदाधिकारी र एउटा जिम्मेवारीमा रहेका मानिसले अर्को जिम्मेवारीमा रहेका मानिसका विषयमा अभिव्यक्त गरेका धारणाहरू व्यक्त गर्दै गर्दा के राम्रो गरेको छ? तथानाम छ जे पायो त्यही भएको छ।’

पार्टी महामन्त्री थापा र  शर्माले सभापति देउवाविरुद्ध बोल्दै आइरहेका छन्। खासगरी थापाले त सभापति देउवाकै कारणले पार्टी रूपान्तरण हुन नसकेको समेत बताउने गरेका छन्।

यसैगरी पार्टीका केन्द्रीय सदस्य नैनसिंह महरले केही दिनअघि महामन्त्रीहरूले जिल्ला सभापति भेला गरेर छलफल गरेको प्रति आपत्ति जनाए। उनले यसअघि महामन्त्री सभापति भएकाहरूले केन्द्रीय समितिलाई वास्ता नगरी जिल्ला सभापति, सचिवको भेला गरेको आफूलाई थाहा नभएको पनि बताए।

‘कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला सभापति हुँदा केन्द्रीय समितिको वास्ता नगरी अवशेष राखेर जिल्ला सभापति भेला भएको मैले सुनेको छैन,’ उनले भने, ‘सचिवहरूको भेला महामन्त्रीको प्रतिवेदनमा छ। केन्द्रीय कार्यालय हामीभन्दा बाहिर हो भने स्पष्ट थाहा पाऊँ।’ उनले कांग्रेस राजनीतिक रूपमा सक्रिय भए पनि सामाजिक रूपमा पछाडि पर्ने खतरा भएको पनि बताए।

प्रकाशित: ३ साउन २०८० १३:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eleven =