नेपाल-भारत विद्युतीय भुक्तानी : छिटाे कार्यान्वयन गर्न भारतीय अर्थमन्त्रीकाे आग्रह

हिमाल प्रेस २ साउन २०८० १९:०६
4
SHARES
नेपाल-भारत विद्युतीय भुक्तानी : छिटाे कार्यान्वयन गर्न भारतीय अर्थमन्त्रीकाे आग्रह

काठमाडाैँ- भारतको गुजरातमा भइरहेको जी-२० मुलुकका अर्थमन्त्रीहरूको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धबारे छलफल भएको छ।

छलफलका क्रममा भारतीय सहायताबाट नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै अर्थमन्त्रीले जोड दिएका छन्। अर्थमन्त्री महतको सचिवालयका अनुसार दुवै अर्थमन्त्रीबीच दुईपक्षीय व्यापार तथा लगानीसम्बन्धी छलफल गरिएकाे हाे।

साथै गत नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा सम्पन्न विद्युत् निर्यातसम्बन्धी समझदारी कार्यान्वयनबारे पनि छलफल गरिएकाे अर्थमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ।

भारतीय अर्थमन्त्रीले एनपीएचएल र भारतको इन्टरनेसनल पेमेन्ट लिमिटेडबीच भएको समझदारीबमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन अनुरोध गरिन्।

जवाफमा अर्थमन्त्री महतले उक्त परियोजना छिट्टै कार्यान्वयनमा लैजाने गरी संयन्त्र स्थापना गर्न काम भइरहेको बताए। भेटवार्ताका अवसरमा नेपालको सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीको लागि राम्रो विकल्प रहेको र व्यावसायिक सम्भाव्यता एवं पर्याप्त जनशक्ति उपलब्ध भएकाले सो क्षेत्रमा लगानी बढाउनसमेत अर्थमन्त्री डा. महतले अनुरोध गरे। रासस

प्रकाशित: २ साउन २०८० १९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eight =