पत्रकार खेम सारु पुरस्कृत

हिमाल प्रेस २ साउन २०८० ६:२६
6
SHARES
पत्रकार खेम सारु पुरस्कृत

पोखरा- राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कारबाट खेम सारुमगर पुरस्कृत भएका छन्।

नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा संरक्षणको पक्षमा पत्रकारितामार्फत उजार गरेकोमा रेडियो नेपालमा कार्यरत सारुमगरलाई आइतबार पुरस्कृत गरेको हो।

उनलाई गण्डकी प्रदेशसभा उपसभामुख बिनाकुमारी थापामगरले सम्मानपत्र, दोसल्ला तथा नगद १० हजार पुरस्कारस्वरुप प्रदान गरिन्। उनले पहिचानको रूपमा रहेको कला संस्कृति, भाषा र भेषभुषाको संरक्षणको दायित्व सबैको रहेको बताइन्।

पुरस्कृत व्यक्तित्वले मगरहरुको कला संस्कृति र भेषभुषा संरक्षणमा थप जिम्मेवारी थपिएको बताउँदै उत्प्रेरणा मिलेको बताए। उनले रेडियो नेपालमा मगर भाषामा समाचार पढ्दै मगर समुदायको कला संस्कृति संरक्षणमा कलम चलाउँदै आएका छन्।

पुरस्कारको लागि नेपाल मगर पत्रकार संघ केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो।

प्रकाशित: २ साउन २०८० ६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 7 =