सुदूरपश्चिम र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

हिमाल प्रेस २ साउन २०८० ६:१४
6
SHARES
सुदूरपश्चिम र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना फाइल तस्बिर।

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) बिहानसम्म देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। साथै गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरुका थोरै भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र मधेश प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशका तथा गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

महाशाखाका अनुसार मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: २ साउन २०८० ६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − three =