राजनीतिक स्थिरताले मात्रै देशको विकास हुन्छ : बाबुराम भट्टराई

हिमाल प्रेस १ साउन २०८० २०:१६
8
SHARES
राजनीतिक स्थिरताले मात्रै देशको विकास हुन्छ : बाबुराम भट्टराई फाइल तस्बिर

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशले विकासको फड्को मार्न कम्तीमा ५ वर्ष राजनीतिक स्थिरता चाहिने बताएका छन्।

चेम्बर अफ कर्मस गोरखाले आज (सोमबार) सदरमुकाममा आयोजना गरेको व्यवसायीहरूसँगको छलफल तथा अन्तरक्रियालाई सम्बोधन गर्दै उनले राजनीतिक स्थिरता नभएसम्म विकासले गति लिन नसक्ने बताएका हुन्।

‘विकासका निर्माणका सवालमा खुट्टा तान्ने काम बन्द हुनुपर्छ, कम्तीमा पाँच वर्षसम्म राजनीतिक स्थिरता नभएसम्म मुलुकको विकासको गति अघि बढ्न कठिन हुन्छ,’ उनले भने, ‘विकास र समृद्धिका लागि नयाँ ढंगले सोच्नु आवश्यक छ।’

उनले नेपालमा सरकार बनाउने र ढाल्ने परिपार्टी बढी भएकाले पनि विकास निर्माणको काम सोचेजस्तो गतिमा अघि बढ्न नसकेको बताए।

राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तर सुधार गर्ने गरी आर्थिक परिवर्तन अझै हुन नसकेको भन्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले त्यसका लागि नयाँ सोच र नयाँ शक्तिको खाँचो रहेको औँल्याए।

प्रकाशित: १ साउन २०८० २०:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =