अतिक्रमित संरचना हटाउन इटहरी उपमहानगरको उर्दी

हिमाल प्रेस ३१ असार २०८० १७:५८
16
SHARES
अतिक्रमित संरचना हटाउन इटहरी उपमहानगरको उर्दी

इटहरी- इटहरी उपमहानगरपालिकाले खोला, पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन उर्दी जारी गरेको छ। अतिक्रमित क्षेत्र खाली नगरे डोजर चलाउने उर्दी जारी गरेको हो।

सुरुमा इटहरीस्थित टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर हेमकर्ण पौडेलले ३५ दिने सूचना सार्वजनिक गरेका छन्। कुनै पनि हालतमा अतिक्रमित संरचना हटाएरै छाड्ने उनको भनाइ छ।

टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६/६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मान्दै मेयर पौडेलले उक्त खोला पैनीको दुवैतर्फ ६/६ मिटर नछोडिकन बनेका भवन संरचना ३५ दिनभित्र हटाउन सूचना जारी गरिएको हो।

उपमहानगरले दिएको समयभित्र अनधिकृत भवन संरचना नहटाए उपमहानगरपालिका आफैँले त्यस्ता प्रकृतिका संरचना हटाई त्यस्ता भवन संरचना हटाउन लागेको खर्चसमेत सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने जनाएको छ।

प्रकाशित: ३१ असार २०८० १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − two =