देशका अधिकांश स्थानमा सामान्यदेखि हावाहुरीसहित भारी वर्षा हुने

हिमाल प्रेस ३० असार २०८० ६:२७
8
SHARES
देशका अधिकांश स्थानमा सामान्यदेखि हावाहुरीसहित भारी वर्षा हुने फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ– शनिबार (आज) देशका केही स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहने छ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले मौसममा यस्तो बदली देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

जसका कारण आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षा हुने छ।

वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिएकाले आवश्यक सजगता अपनाउन महाशाखाले सर्वसाधारणमा आग्रह गरेको छ।

हावाहुरी, भारी वर्षा, मेघ गर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न पनि महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ।

प्रकाशित: ३० असार २०८० ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − two =