दुई वर्षअघि सञ्चालनमा ल्याइएकाे अस्पताल बजेट नहुँदा बन्द हुँदै

हिमाल प्रेस २८ असार २०८० १६:२१
6
SHARES
दुई वर्षअघि सञ्चालनमा ल्याइएकाे अस्पताल बजेट नहुँदा बन्द हुँदै

मान्म- कालिकोटमा सञ्चालित सरुवा रोग अस्पताल बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ। कर्णाली प्रदेश सरकारले दुई वर्षअघि स्थापना गरेको सरुवा राेग अस्पतालका लागि बजेट विनियाेजन नियमित नहुँदा अस्पताल बन्द हुने अवस्थामा पुगेकाे हाे।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष का लागि अस्पतालका लागि बजेट विनियोजन गरेकाे छैन। जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटले बजेटकै अभावमा अस्पताल बन्द हुने अवस्थामा पुगेकाे जानकारी दिएकाे छ।

एक जना मेडिकल अधिकृतसहित २१ स्वास्थ्यकर्मीको दरबन्दी रहेको सरुवा रोग अस्पताल सञ्चालन गर्न कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालय र सामाजिक विकास मन्त्रालयसँग बजेट माग गर्दा पनि बजेट उपलब्ध नगराएकाे कार्यालयका अधिकृत कटकबहादुर महतले जानकारी दिए। ‘सर्वदलीय र सर्वपक्षीय बैठक बसेर सरुवा रोग अस्पताललाई तत्काल बजेट विनियोजन गर्न माग गर्ने निर्णय भएको छ,’ उनले भने, ‘आगामी वर्षमा बजेट व्यवस्था नहुँदा समस्या हुने भएको हो।’

प्रकाशित: २८ असार २०८० १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =