नेपालगन्ज मेडिकल कलेज र भारतको अपलो मेडिक्स अस्पतालबीच सहकार्य

हिमाल प्रेस २० माघ २०८० १८:१७
12
SHARES
नेपालगन्ज मेडिकल कलेज र भारतको अपलो मेडिक्स अस्पतालबीच सहकार्य

काठमाडौँ- गुणस्तरीय स्वास्थ्य सेवाका लागि नेपालगन्ज मेडिकल कलेज र भारतको लखनउस्थित अपलो मेडिक्स अस्पतालबीच सहकार्य भएको छ।

नेपालगन्जमा निःशुल्क उपचार सेवा, विभागीय विषयका सेमिनार तथा अपलो मेडिक्सका चिकित्सकसँग अन्तर्किया गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न थप सहजता मिल्ने नेपालगन्ज मेडिकल अस्पतालले जनाएको छ।

बिरामीलाई क्यान्सर, आईभीएफ, मुटु, मुटुको शल्यक्रिया, प्लास्टिक सर्जरी, क्यान्सर सर्जरीजस्ता विशेषज्ञ सेवा उपलब्ध गरिने पनि अस्पतालले जनाएको छ।

यस्तै अस्पतालले प्रत्येक शनिबार ओपीडी सेवा निःशुल्क र अन्य सेवामा भने शुल्क लाग्ने जनाएको छ। ओपीडी सेवा नेपालगन्ज मेडिकल कलेजमा उपलब्ध हुने जनाइएको छ।

नेपालगन्ज मेडिकल कलेजमा हुन नसक्ने उपचार मात्र अपलो अस्पताल लखनउमा बिरामीको आवश्यकता अनुसार रिफर हुनसक्ने पनि अस्पतालले जनाएको छ।

प्रकाशित: २० माघ २०८० १८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =