हिमालय एयरलाइन्सको अनलाइन बुकिङ सेवा सुरु

हिमाल प्रेस २८ असार २०८० ११:३६
8
SHARES
हिमालय एयरलाइन्सको अनलाइन बुकिङ सेवा सुरु

काठमाडौँ- नेपाल-चीन संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङ सेवा सुरु गरेको छ।

यससँगै ग्राहकले डेक्सटप वा मोबाइलबाट हिमालयन एयरलाइन्स डटकममा गएर टिकट खरिद गर्न सक्नेछन्।
टिकट खरिदपछि इसेवा वालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

युनियन पे र कनेक्ट आईपीएसबाट पनि छिटै भुक्तानी गर्न सकिने भएको छ।

यसका साथै रिफन्ड रिक्वेस्ट, टिकटको मूल्य खोजी, बुकिङ व्यवस्थापनलगायत सेवा पनि अनलाइनमै उपलब्ध रहेको एयरलाइन्सले जनाएको छ।
एयरलाइन्सले ब्यागेज प्रि–बुकिङ, सिट र खाना छनोट, लाउन्ज सेवाको बुकिङ, संयुक्त सेवा चयन गर्नेजस्ता सुविधा पनि दिएको छ।

यात्रुहरूले विमानस्थलमा अनलाइन चेकइन पनि गर्न सक्नेछन्।

प्रकाशित: २८ असार २०८० ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 9 =