हिमालय एयरलाइन्सको काठमाडौँ-बेइजिङ उडान सुरु

हिमाल प्रेस १० असार २०८० ११:३८
12
SHARES
हिमालय एयरलाइन्सको काठमाडौँ-बेइजिङ उडान सुरु

काठमाडौँ– हिमालय एयरलाइन्सले काठमाडौँ-बेइजिङ नियमित उडान सुरु गरेको छ। ९ गतेदेखि सुरु भएको काठमाडौँ-बेइजिङ-काठमाडौँ रुटमा अब हरेक शनिबार नियमित उडान सञ्चालन हुनेछ।

शनिबारको उडानमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ दुई राष्ट्रबीच बढ्दो मित्रता र सहयोगको प्रतिनिधित्व गर्दै सहभागी भए। कोभिड महामारी सुरु भएसँगै काठमाडौँ-बेइजिङ उडान बन्द भएको थियो।

हिमालय एयरलाइन्स नेपाल-चीनको साझेदारीमा स्थापित कम्पनी हो। हिमालयसँग हाल ४ वटा विमान छन्। यसले मध्यपूर्व र दक्षिण एसियाली राष्ट्र संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बंगलादेश र चीनमा उडान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 16 =