सरकारले गर्‍यो हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सहसचिव लामिछानेको नेतृत्वमा समिति गठन

हिमाल प्रेस २६ असार २०८० १८:५०
14
SHARES
सरकारले गर्‍यो हेलिकप्टर दुर्घटनाको छानबिन गर्न सहसचिव लामिछानेको नेतृत्वमा समिति गठन फाइल तस्बिर।

काठमाडौँ- सरकारले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति बनाएको छ। आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डययनका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।

मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा पाइलट (नेपाली नागरिक) र मेक्सिकोका पाँचजना यात्रुको मृत्यु भएको थियो।

त्यस्तै आजको बैठकले अनुचित लेनदेन मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, धानको समर्थन मूल्य तोक्ने, मोटा धानको प्रतिक्विन्टल तीन हजार १९८ रुपैया र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ३६२ रुपैया समर्थन मूल्य कायम गर्ने निर्णय गरेको छ।

बैठकले वरियताका आधारमा लक्ष्मी कुमारी बस्नेतलाई नेपाल सरकारको सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित: २६ असार २०८० १८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =