कोशी, गण्डकी र कर्णाली प्रदेशमा चट्याङसहित भारी वर्षा हुने

हिमाल प्रेस २५ असार २०८० ६:२०
12
SHARES
कोशी, गण्डकी र कर्णाली प्रदेशमा चट्याङसहित भारी वर्षा हुने फाइल तस्बिर।

काठमाडौँ– सोमबार (आज) देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।

मंगलबार (भोलि) पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

प्रकाशित: २५ असार २०८० ६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =