फिल्म ‘लुङा’को ट्रेलर सार्वजनिक

हिमाल प्रेस २४ असार २०८० १७:१८
6
SHARES
फिल्म ‘लुङा’को ट्रेलर सार्वजनिक

काठमाडौँ- फिल्म ‘लुङा’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरेकाे हाे।

आगामी साउन ५ गतेदेखि प्रदर्शन हुने फिल्मको कथावस्तु लिम्बू संस्कृतिमा आधारित छ। फिल्ममा भुवनसिंह राई, सारा राई, बुद्धि तामाङ, सारा लोहोरुङ राई, भिम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिपजंग कार्की, गंगाबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेललगायत कलाकारको अभिनय छ।

भुवन सिंह राईको कथा रहेको फिल्म किरण राईको निर्देशन, छायांकन र सम्पादनमा बनेको छ। फिल्मका निर्माता सञ्जीब राई हुन्।

प्रकाशित: २४ असार २०८० १७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =