कोशी प्रदेशमा तीन मन्त्री थपिँदै, नेकपा एसबाट परेनन्

हिमाल प्रेस २४ असार २०८० ९:५८
30
SHARES
कोशी प्रदेशमा तीन मन्त्री थपिँदै, नेकपा एसबाट परेनन्

काठमाडौँ– कोशी प्रदेशमा तीन जना मन्त्री थपिने भएका छन्। माओवादी केन्द्रबाट जीवन आचार्य, राजेन्द्र कार्की र कांग्रेसबाट रामकुमार खत्री मन्त्री बन्ने भएका हुन्।

उनीहरूको शपथ ग्रहण केही बेरमा गर्ने तयारी भइरहेको छ। आफ्नो पार्टीबाट मन्त्रीको नाम नपरेपछि नेकपा एकीकृत समाजवादी रुष्ट बनेको छ।

सत्तासाझेदार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसबाट एक/एक जना मन्त्री थप्न भएको सहमति मुख्यमन्त्री थापाले नमानेको नेकपा एस संसदीय दलका नेता राजेन्द्र राईले बताए।

यसरी नै सरकार अगाडि बढे आफूहरू सरकारलाई विश्वासको मत नदिने उनको भनाइ छ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार कांग्रेस र एकीकृत समाजवादीका एक एक जना मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् गठन गरेका थिए।

कांग्रेस, माओवादी, नेकपा एस र जनता समाजवादी पार्टी, नेपाल (जसपा)को समर्थनमा थापा मुख्यमन्त्री बनेका हुन्।

यो पनि:

प्रचण्डको दबाबमा ज्वाइँलाई फेरि मन्त्री बनाउने तयारी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =