पहिरोले मुहान बगाउँदा विद्युत् अवरुद्ध, गाउँ अन्धकार

हिमाल प्रेस २३ असार २०८० १५:४९
4
SHARES
पहिरोले मुहान बगाउँदा विद्युत् अवरुद्ध, गाउँ अन्धकार

ढोरपाटन- अविरल वर्षाका कारण आएको पहिरोले पानीको मुहानसँगै नहर बगाउँदा ढोरपाटनका नागरिक अन्धकारमा बस्न बाध्य बनेका छन्। शुक्रबार गएको पहिरोले पानीको मुहानसहित नहर बगाउँदा ढोरपाटन नगरपालिका-७ का स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन्।

पहिरोले पानीको मुहानसहित करिब ३० मिटर नहर बगाएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिए। विद्युत् अवरुद्ध हुँदा तीन सय घरधुरीका करिब एक हजार पाँच सय नागरिक विद्युत् सेवाबाट बञ्चित भएका उनले जानकारी दिए।

विद्युत् तत्काल सञ्चालनमा ल्याउन काम भइरहेको उपप्रमुख कायतको भनाइ छ। विद्युत् सञ्चालनका लागि जनश्रमदानमा काम भइरहेकाले काम चाँडै सकिने अपेक्षा रहेको उनले बताए।

‘अहिले तत्काल पक्की पर्खाल लगाएर विद्युत् सञ्चालन गर्ने अवस्था छैन,’ उनले भने, ‘जनश्रमदान गरी बर्खाभरका लागि सञ्चालन गर्ने तयारी गरिरहेका छौँ।’ बर्खा रोकियो भने पक्की मुहान र नहर बनाएर विद्युत् सञ्चालन व्यवस्थित गरिने उनले बताए। रासस

प्रकाशित: २३ असार २०८० १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =