चार वटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

हिमाल प्रेस २३ असार २०८० ६:२९
6
SHARES
चार वटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना प्रतीकात्मक तस्बिर।

काठमाडौँ– शनिबार (आज) सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशमा मनसुनी वायुको प्रभाव रहेकाले मौसममा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षाबाट हुनसक्ने बाढी पहिरोलगायत विपद्जन्य घटनाबाट जोगिन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: २३ असार २०८० ६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =