ओलीको आरोप : प्रचण्ड भारत जाँदा गुप्तचर प्रमुखकै घरमा बसे

हिमाल प्रेस २२ असार २०८० १५:५६
4
SHARES
ओलीको आरोप : प्रचण्ड भारत जाँदा गुप्तचर प्रमुखकै घरमा बसे फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेको आरोप लगाएका छन्। .

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गरे।

उनले उक्त भेट पनि प्रधानमन्त्रीले लुकाएको आरोप लगाए। उनले भारतीय गुप्तचर प्रमुख नेपालमा आएका बेला आफूले सार्वजनिक रूपमै भेटेको र कुनै कुरा नलुकाएको बताए।

उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा गुप्तचर प्रमुखकै घरमा भेटेको कुरा लुकाएर राष्ट्रहितका पक्षमा कुनै कुरा नगरेको बताए।

प्रकाशित: २२ असार २०८० १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =