कर्णालीमा लम्पी स्कीनपीडित १ लाख पशु चौपायाको उपचार

हिमाल प्रेस २१ असार २०८० ८:४८
4
SHARES
कर्णालीमा लम्पी स्कीनपीडित १ लाख पशु चौपायाको उपचार

सुर्खेत– कर्णाली प्रदेशका १० जिल्लामा लम्पी स्कीन रोगबाट संक्रमित १ लाख २५ हजार ९१ पशु चौपायाको उपचार गरिएको छ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार ९ हजार ९ सय १ पशुलाई लम्पी स्कीनविरुद्धको खोप लगाइएको छ। पछिल्लो समय पशुमा लम्पी स्कीन रोग तीव्र रूपमा फैलिँदै गएको छ।

प्रदेशका कृषिमन्त्री भीम शर्माले रोग नियन्त्रण गर्न कर्मचारीलाई निर्देशन दिएका छन्।

मन्त्रालय निमित्त सचिव राजु भुजले प्रेस विज्ञप्ति जारी गर्दै खोप अभियान तीव्र पारिएको उल्लेख गरेका छन्।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चिंगाड गाउँपालिकाबाट २०७९ चैत २७ गते गाई गोरुको सिरिम र छालाको भागको नमूना केन्द्रीय पशुपछी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाइएको थियो।

परीक्षण गर्दा गत वैशाख ४ गते लम्पी स्कीन रोग पुष्टि भएपछि खोप लगाउन थालिएको मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारीले जानकारी दिए।

कर्णालीमा सबैभन्दा बढी सल्यानमा ३४ हजार ३ सय २८ पशुमा लम्पी स्किन देखिएको छ। सो रोगबाट मुगुमा चार सय २९ पशुचौपाया संक्रमित भएका छन्।

प्रकाशित: २१ असार २०८० ८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =