ललितपुर महानगरले बाँड्यो ६० हजार घर नम्बर

हिमाल प्रेस २० असार २०८० ११:५३
176
SHARES
ललितपुर महानगरले बाँड्यो ६० हजार घर नम्बर

ललितपुर-  ललितपुर महानगरभित्रका ६० हजार घरले नम्बर पाएका छन्। महानगरका पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले उक्त जानकारी दिएका हुन्। सडक सञ्जालमा आधारित घर नम्बर वितरण कार्य अन्तिम चरणमा पुगेको उनले बताए।

सडक र टोलको नामको विवादका कारण केही ठाउँमा नम्बर वितरणमा समस्या देखिएको उनले बताए। महानगर प्रमुख चिरीबाबु महर्जनले सडक र टोलको नामका बारेमा उत्पन्न विवाद वडाले नै सम्बोधन गर्नुपर्ने बताए। उनले भने, ‘यस्ता समस्य वडाले नै सम्बोधन गर्नुपर्छ।’ घर नम्बर वितरण गर्न महानगरले धेरै लगानी गरेको उनको भनाइ छ।

भौगोलिक सूचना प्रणाली (जीआईएस) अधिकृत उद्धव कार्कीले महानगरले एकल बसोबास, संयुक्त आवास, बहुतले आवास, व्यावसायिक भवन, कार्यालय तथा संस्था, मठमन्दिर लगायतलाई घर नम्बर दिएको जानकारी दिए। महानगरभित्रका एक हजार दुई सय ८५ मुख्य सडकको नामकरण भएको छ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले घर नम्बर वितरणपछि अब राजस्व संकलनमा पनि सहज हुने बताए। सडक सञ्जालमा आधारित घर नम्बर लागू गर्दा सडकको मुख्य चोकबाट दायाँतर्फ जोर नम्बर र बायाँतर्फ विजोर नम्बर प्रदान गरिएको छ। सडक सुरु विन्दुबाट नाप्न सुरु गरी घरको मूल गेटसम्मको दुरी जति हुन्छ, त्यसकै आधारमा नम्बर वितरण गरिएको हो।

सडक सञ्जालको नामकरण गर्दा स्थानीय प्रचलित नामलाई प्राथमिकता दिएको महानगरपालिकाले जनाएको छ। यस क्रममा राष्ट्रिय विभूतिको नाम, सांस्कृतिक नाम र चलनचल्तीका नामलाई प्राथमिकता दिइएको छ।

प्रकाशित: २० असार २०८० ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 4 =