नेकपा ब्युँताउने कुरा ‘काशी जानू कुतीको बाटो’ जस्तै हो : एमाले महासचिव

हिमाल प्रेस १९ असार २०८० २०:२१
4
SHARES
नेकपा ब्युँताउने कुरा ‘काशी जानू कुतीको बाटो’ जस्तै हो : एमाले महासचिव फाइल तस्बिर।

काठमाडौँ- एमाले महासचिव शंकर पोखरेलले नेकपा ब्युँताउने विषय ‘काशी जानू कुतीको बाटो’भनेजस्तै भएको बताएका छन्। नेकपा ब्युँताउने चर्चा वा वापमन्थी एकताको कुरालाई उनले बैमौसमका अवसरवादी र अस्तित्व रक्षाका लागि गरिएका निरर्थक प्रलाप भनेका हुन्। आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्ता निरर्थक प्रलापप्रति एमाले सचेत रहेको पनि उल्लेख गरेका छन्।

‘विगतमा नेकपाको नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न राष्ट्रपतिदेखि सर्वोच्च अदालतसम्म धाउनेहरू नै यसमा सक्रिय देखिन्छन्। यतिसम्म कि आम चुनावबाट प्राप्त जनादेश अनुरूप नयाँ गठबन्धन सरकार बनाउँदा भएको सहमति तोडेर नेपाली कांग्रेसलाई नै राष्ट्रपतिमा निर्वाचित गर्न विवश भएकाहरू नै वामपन्थी एकताको कुरा गर्न थालेका छन्,’ उनले लेखेका छन्, ‘नेपालको वामपन्थी आन्दोलनको मुख्य शक्ति नेकपा ९एमाले० का विरुद्धमा घेराबन्दी गर्नेहरूले नेकपा ब्युँताउने चर्चा चलाउनु वा वामपन्थी एकताको कुरा गर्नु ‘काशी जानु कुतीको बाटो’ भनेझैँ हो।’

उनले अब नेपालमा विचारका आधारमा राजनीतिक ध्रुवीकरण आवश्यक रहेको बताए। ‘त्यसका लागि प्रमुख दलहरूलाई नीति, कार्यक्रम र योजनासहित सुदृढ गर्नु आवश्यक छ। तर त्यो असफल भइसकेको नेकपाको पुनस्र्थापनाको बाटोबाट होइन, नयाँ र मौलिक तरिकाको राजनीतिक ध्रुवीकरणको बाटोबाट मात्र सम्भव हुन्छ,’ उनले भने।

प्रकाशित: १९ असार २०८० २०:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =