मौद्रिक नीति मूल्यवृद्धि र जीडीपीमा सन्तुलन कायम गर्नेगरी ल्याउनुपर्छ : अध्यक्ष अग्रवाल

हिमाल प्रेस १८ असार २०८० १९:३५
4
SHARES
मौद्रिक नीति मूल्यवृद्धि र जीडीपीमा सन्तुलन कायम गर्नेगरी ल्याउनुपर्छ : अध्यक्ष अग्रवाल

काठमाडौँ- नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले राष्ट्र बैंकको मौद्रिक नीतिले मूल्यवृद्धि नियन्त्रण गर्नेगरी आउनुपर्ने बताएका छन्। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति बनाउने प्रक्रिया अगाडि बढाएका बेला अध्यक्ष अग्रवालले उक्त सुझाव दिएका हुन्।

हालै परिसंघको अध्यक्ष भएका अग्रवालले मूल्यवृद्धि नियन्त्रण र जीडीपी बढाउने गरी मौद्रिक नीतिमार्फत ‘एक्सन’ लिनुपर्ने औँल्याए। त्यस्तै कोरोना महामारीमा विदेशी मुद्रा सञ्चिति नियन्त्रणका लागि लिइएको नीतिहरू खुकुलो बनाउनुपर्ने उनको भनाइ थियो।

अर्थतन्त्रको व्यवस्था र उद्योग व्यवसायको अवस्था चलायमान बनाउने गरी मौद्रिक नीति बनाउनुपर्ने उनले बताए। अर्थतन्त्र माथि उकास्नका लागि सरकारसँग समन्वय गरेर निकास निकाल्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: १८ असार २०८० १९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =