ललितपुर जिल्ला अदालतमा कानुन व्यवसायी आन्दोलित

हिमाल प्रेस १८ असार २०८० १४:०६
2
SHARE
ललितपुर जिल्ला अदालतमा कानुन व्यवसायी आन्दोलित

काठमाडौँ- कानुन व्यवसायीहरूले जिल्ला अदालत ललितपुरमा विरोध प्रदर्शन गरेका छन्। जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेबीच विवादपछि भएको हातहलाहालको घटनालाई लिएर कानुन व्यवसायी आन्दोलनमा उत्रेका हुन्।

असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरूले आन्दोलनस्वरूप आइतबार तीन घण्टा काम नगरी विरोध गरेका थिए।

आइतबार नै नेपाल बार एसोसिएसनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमबार बहस पैरवी नगर्ने घोषणा गरेको थियो। सोहीअनुसार सोमबार उनीहरूले आन्दोलन गरेका हुन्।

विरोध प्रदर्शनका क्रममा कानुन व्यवसायी भोजराज अधिकारीले अधिवक्ता लामिछानेविरुद्ध लगाइएको मुद्दा झुटो भएकाले मुद्दा अविलम्व खारेज हुनुपर्ने माग राखे। अदालतभित्रको मुद्दालाई समाधान गर्न नसक्ने अदालतका मुख्य न्यायाधीशहरूको तत्काल सरुवा हुनुपर्ने उनले बताए।

प्रकाशित: १८ असार २०८० १४:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =