ट्रेन्डिङ एकमा सुशान्तको ‘सारंगी’

हिमाल प्रेस १८ असार २०८० १२:१२
6
SHARES
ट्रेन्डिङ एकमा सुशान्तको ‘सारंगी’

काठमाडौँ–  सुशान्त केसीको शब्द र स्वरमा सार्वजनिक भएको ‘सारंगी’ बोलको गीतले युट्युबमा पहिलो स्थानमा पाएको छ।

प्रेममा आधारित गीत युट्युबको संगीततर्फ पहिलो स्थानमा आइपुगेको हो। समाचार तयार पार्दासम्म गीतलाई ६३ लाख भन्दा बढीेले हेरिसकेका छन्।

गीत सुशान्तकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गौरवकुमार तामाङको निर्देशनमा बनेको गीतको भिडियोमा सुशान्त र आनाको अभिनय देख्न सकिन्छ।

गीतको भिडियो कुशल जोशी र शशांक थापाको छायांकन, अनुप सापकोटा र गौरवकुमार तामाङ सम्पादनमा बनेको छ।

सुशान्त युवापुस्तामाझ चर्चित छन्। उनले यसअघि सार्वजनिक गरेका ‘गाजलु’ ‘रिसाउने भए’, ‘हावाले’, ‘साथी’, ‘खेलाडी’ लगायत थुप्रै गीत चर्चित छ।

प्रकाशित: १८ असार २०८० १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =