भदौ १ मा फिल्म ‘हिँड्दा हिँड्दै’ प्रदर्शन

हिमाल प्रेस १७ असार २०८० १७:२५
2
SHARE
भदौ १ मा फिल्म ‘हिँड्दा हिँड्दै’ प्रदर्शन

काठमाडौँ- फिल्म ‘हिँड्दा हिँड्दै’ भदौ १ गतेबाट प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शनकाे मिति सार्वजनिक गरेकाे हाे।

रोमान्टिक ड्रामा जनरामा बनेको फिल्ममा कलाकार आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह, सानिया खान, विकास थापामगर, विमल श्रेष्ठ र बालकलाकार अर्विन थिङलगायतको अभिनय छ।

सुशील पंगेनीकाे लेखेन रहेको फिल्म मिलन आलेमगरले निर्देशन गरेका छन्। फिल्ममा सुमनकुमार तण्डुकारको छायांकन, गौतमराज खड्काको सम्पादन, देव महर्जनको द्वन्द्व निर्देशन, तारा प्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत छ।

आरआर फिल्म्स्ले वितरण गर्ने रोमान्टिक ड्रामा जनरामामा बनेको छ। विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्म राज लामा निर्माता हुन्। फिल्ममा सह–निर्मातामा प्रमोदकुमार तामाङ र महादेश शाह छन्।

प्रकाशित: १७ असार २०८० १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =