६ महिनामा भित्रिए ४ लाख ७६ हजार पर्यटक

हिमाल प्रेस १७ असार २०८० १६:५३
14
SHARES
६ महिनामा भित्रिए ४ लाख ७६ हजार पर्यटक मनास्लु क्षेत्रमा पर्यटक।

काठमाडौँ- सन् २०२३ को ६ महिनामा ४ लाख ७६ हजार ४८१ जना पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्दै नेपाल भित्रिएका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार यो वर्षको जुनमा ७२ हजार २५० पर्यटक भित्रिएका हुन्। तथ्यांकले कोरोना महामारीअघिकै अवस्थामा पर्यटन क्षेत्र फर्किएको देखाउँछ।

कोरोना महामारीका कारण सन् २०२० को जुनमा १०२ र २०२१ जुनमा १ हजार १८७ जना पर्यटक आएका थिए। गत वर्ष सन् २०२२ को जुन महिनामा भने ४६ हजार ९५७ जना पर्यटक नेपाल आएका थिए।

बोर्डका अनुसार यो वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५ र मार्चमा यो वर्षको सबैभन्दा बढी ९९ हजार ४२६ पर्यटक आएका थिए। अप्रिलमा ९८ हजार ७७३ र मे महिनामा ७७ हजार ७०३ पर्यटकको आगमन भएको थियो।

नेपाल भ्रमणमा आउने पर्यटकमध्ये सबैभन्दा बढी हिस्सा सार्क मुुलुकको छ। ६ महिनामा नेपाल आउने पर्यटकमध्ये सार्क मुलुकको हिस्सा ४१.१९ प्रतिशत छ।

एसियाली मुलुकको हिस्सा १५.०३, युरोपको १७.४६, अमेरिकी मुलुकको ११.९२, ओसियाना क्षेत्रको ४.०५ र अन्य मुलुकको हिस्सा १०.३५ छ।

६ महिनामा सबैभन्दा धेरै भारतीय पर्यटक आएका छन्। यो अवधिमा १ लाख ६७ हजार ६०५ जना भारतीय पर्यटन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालको भ्रमणमा आएका छन्। सडक मार्ग हुँदै आउनेको संख्या भने सरकारले गणना गर्दैन।

त्यसैगरी दोस्रो नम्बरमा अमेरिकी पर्यटक आएका छन्। ४९ हजार ४३३ अमेरिकी ६ महिनाको अवधिमा भ्रमणका लागि नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्यांक छ।

त्यस्तै २४ हजार २६४ बेलायती, २० हजार ११७ चिनियाँ र १७ हजार ६९६ अस्ट्रेलियाका पर्यटक ६ महिनाको अवधिमा नेपाल आएका छन्।

प्रकाशित: १७ असार २०८० १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =