प्रतिनिधिसभा बैठकमा दुई वटा विधेयकमाथि छलफल हुँदै

हिमाल प्रेस १७ असार २०८० ७:४३
6
SHARES
प्रतिनिधिसभा बैठकमा दुई वटा विधेयकमाथि छलफल हुँदै प्रतिनिधिसभाको बुधबारको बैठक। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ– आइतबार (आज) प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुने कार्यसूची छ।

यस्तै सो विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ।

राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ साथै सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस हुने सचिवालयले जारी गरेको संसद्को कार्यसूचीमा उल्लेख छ।

प्रकाशित: १७ असार २०८० ७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =