आउनै छाड्यो मेलम्चीको पानी

हिमाल प्रेस १६ असार २०८० १५:५७
120
SHARES
आउनै छाड्यो मेलम्चीको पानी फाइल तस्बिर।

काठमाडौँ- पछिल्लो समय काठमाडौँ उपत्यका मेलम्चीको पानी आउन छाडेको छ। यसअघि जेठ दोस्रो साता मेलम्ची सुरुङमा मेकानिकल पार्ट जडानलगायत काम गर्नका लागि १० पानी वितरण रोकेको मेलम्ची आयोजनाले बिना सूचना फेरि वितरण रोकेको छ।

यसअघि जेठ ५ गतेदेखि १५ गतेसम्म आयोजनाको अम्बाथानस्थित हेडबक्सका गेट नम्बर १ र ९ तथा अडिट सुरुङमा मेकानिकल पार्टको जडानलगायत संरचना निर्माण तथा सुधार कार्य गर्न लागेकोे सुरुङ बन्द गरेको थियो।

त्यसपछि काठमाडौँमा उपत्यकामा पानी आउन थालेको थियो। तर, पछिल्लो समय फेरि बिनासूचना पानी आउन छाडेको छ। काठमाडौँ उपत्यकामा मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले गर्दै आएको छ। केयूकेएलको बानेश्वर शाखाले फेसबुकमार्फत मेलम्चीको पानी आउन छाडेको जानकारी गराएको छ। केयूकेएलको बानेश्वर शाखाको फेसबुक पेजमा मेलम्चीको पानी आउन छाडेको लेखिए पनि के कारणले हो? उल्लेख गरिएको छैन।

केयुकेलको ‘हेड अफिस’ले पनि पानी वितरण रोकिएको सम्बन्धमा कुनै जानकारी गराएको छैन। पानी वितरण रोकिँदा उपत्यकामा उपभोक्ताले सास्ती खेप्नु परेको छ। मेलम्ची खानेपानी आयोजनाले आयोजनाको दीर्घकालीन मर्मत सुरुको तयारी भइरहेकाले त्यो सम्पन्न नहुँदासम्म पानी सञ्चालनका लागि मध्यकालीन सुधारको काम गरिने बताएको छ।

विसं २०७८ असार १ गतेको बाढीका कारण आयोजनामा ठूलो भौतिक क्षति भएको थियो । सो क्षतिपछि आयोजना पुनःसञ्चालन गर्न र पुनःनिर्माणका लागि तत्काल गर्ने, मध्यकालीन र दीर्घकालीन गरी तीन किसिमका योजना बनाइएको आयोजनाको भनाइ छ।

दीर्घकालीन संरचना बन्दासम्मका लागि भइरहेका संरचनाको सुधार गरी सञ्चालनको काम मध्यकालीन योजनाअन्तर्गत रहेको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए। ‘हेडवर्कक’को मध्यकालीन कार्ययोजनाअनुसार काम गरिने उनले बताए।

आयोजनालाई स्थायी रूपमा सम्पन्न गर्न दीर्घकालीन कार्ययोजनाअनुसार गर्नुपर्ने काम पनि आगामी आवमा अघि बढ्ने प्रवक्ता पन्तले बताए। डिजाइन स्वीकृत भएपछि खरिद प्रक्रियामा गएपछि नै काम सुरु गरिने उनको भनाइ थियो।

हेडवर्क कहाँ बनाउने भन्ने यही वर्ष तय गरिने आयोजनाले बताएको छ। हेडवर्क बनिसक्न समय लाग्ने भएकाले निर्माण भइरहँदा पनि अहिले भइरहेको संरचना नै चलाउनुपर्ने प्रवक्ता पन्तले बताए। कुनै कारण बिना नै पानी वितरण रोकेर ट्यांकर (ट्यांकरमार्फत पानी बेच्ने) व्यवसायीलाई पोस्न खोजिएको आशंका गरिएको छ। राससको सहयोगमा

प्रकाशित: १६ असार २०८० १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =