मदन भण्डारीको सम्झनामा ओलीद्वारा वृक्षरोपण

हिमाल प्रेस १४ असार २०८० १२:३२
10
SHARES
मदन भण्डारीको सम्झनामा ओलीद्वारा वृक्षरोपण

काठमाडौँ– नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी जन्मजयन्तीको अवसरमा वृक्षरोपण गरेका छन्।

ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार (आज) बिहान नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आयोजना गरेको कार्यक्रममा उनले बरको बिरुवा रोपेका हु्न्।

वातावरण संरक्षणमा वृक्षरोपणको महत्त्व रहेको उल्लेख गर्दै वृक्ष र मानवबीच अन्योन्याश्रिक सम्बन्ध रहेको उनले बताए।

एमाले पूर्वमहासचिव भण्डारीको ७२औं जन्मजयन्तीका अवसरमा पार्टीले साताव्यापी रूपमा देशभर विभिन्न कार्यक्रम गरिरहेको छ।

काठमाडौँ सभागृहमा दिउँसो राष्ट्रिय मदन भण्डारी फाउन्डेशनको आयोजनामा विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम हुँदैछ।

००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा आमा चन्द्रकला र बुबा देवीका माइला छोराका रूपमा भण्डारीको जन्म भएको हो।

०५० जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परी उनीसहित एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराम आश्रितको निधन भएको थियो।

प्रकाशित: १४ असार २०८० १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =