पहिराेले लोकमार्गमा सास्ती

हिमाल प्रेस १३ असार २०८० २१:४९
8
SHARES
पहिराेले लोकमार्गमा सास्ती फाइल तस्बिर।

गण्डकी- मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको नागडाँडामा पहिराेका कारण दैनिकजसो सडक अवरुद्ध हुन थालेको छ। गत वर्ष सडक भासिएपछि जोखिमपूर्ण बनेको उक्त खण्डमा पहिराले थप क्षति पुर्‍याएकाे छ।
भासिएको सडक समयमा नबन्दा यात्रुले सास्ती खेप्नुपरेको छ। वर्षात हुनासाथ पहिराे खसेर यातायात सेवा प्रभावित हुने गरेको छ। मंगलबार दिनभर सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय, कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले बताए।

गत शनिबार हिलोमा मालबाहक ट्रक फसेपछि तीन दिनसम्म सवारीसाधन निर्वाधरूपमा चल्न पाएका थिएनन्। यात्रु घण्टौँसम्म जाममा परेका थिए। स्तरीय वैकल्पिक मार्गसमेत नहुँदा सवारीसाधन समयमा गन्तव्यमा पुग्न सकेनन्। पहिराे पन्छाएर ग्राबेल बिछ्याएपछि मंगलबार साँझदेखि एकतर्फीरूपमा सडक सञ्चालन गरिएको प्रवनानी पाठकले बताए। रासस

प्रकाशित: १३ असार २०८० २१:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =