सौर्य ऊर्जाले झिलिमिली सोरुकोट

हिमाल प्रेस १३ असार २०८० १३:५८
8
SHARES
सौर्य ऊर्जाले झिलिमिली सोरुकोट फाइल तस्बिर।

मुगु- सोरु गाउँपालिकाको सोरुकोट सौर्य ऊर्जाको बत्तीले झिलिमिली भएको छ। वैकल्पिक ऊर्जा र गाउँपालिकाको आर्थिक सहयोगमा १ सय ३६ सोलार पाता र ९६ ब्याट्री जडान गरी सोरुकोट झिलिमिली पारिएको हो। उक्त सोलार पाता र ब्याट्रीबाट ६० वाट विद्युत् उत्पादन गरिएको छ।

जसबाट २ सय परिवारको घरमा विद्युत् उपलब्ध गराइएको छ। सौर्य ऊर्जाबाट विद्युत् उपभोग गर्न पाएपछि सोरुकोट, रोकायाबाडा, बन्जाहलगायत गाउँका बासिन्दा खुसी भएका छन्।

यसअघि यहाँका बासिन्दाले दियालोको उज्यालो प्रयोग गर्दै आएका थिए। सौर्य ऊर्जाको बत्ती बाल्न पाउँदा खुसी लागेको सोरुकोट गाउँका उनबहादुर शाहीले बताए। गाउँपालिका, प्रहरी चौकी, वन डिपो, खाद्य डिपो, इलाका प्रशासनलगायत कार्यालय रहेको सोरुकोटमा सौर्य ऊर्जाको बत्तीले कामकाज सजिलो बनेको छ।

त्यस्तै, सौर्य ऊर्जाको बत्तीले पालिकाको प्रशासनिक कामकाज गर्न सहज भएको पालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए। पानीको स्रोत नभएको सोरुकोटमा वैकल्पिक ऊर्जा र पालिकाको आर्थिक सहयोगमा सौर्य ऊर्जा प्रविधिबाट विद्युत् उत्पादन गरिएको हो।

सोरुकोटका बासिन्दालाई रातमा उज्यालोदेखि मोबाइललगायतका विद्युतीय उपकरण चार्ज गर्न र स-साना उद्योग सञ्चालन गर्न सजिलो भएको छ। सौर्य ऊर्जाबाट उत्पादन गरिएको बत्तीले सोरुकोट झिलिमिली भएको पालिका उपाध्यक्ष केशरबहादुर शाहीले बताए। विद्युत् विस्तारै अन्य बस्तीमा पु¥याउने लक्ष्य राखिएको उनको भनाइ छ। रासस

प्रकाशित: १३ असार २०८० १३:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + seventeen =