‘दिमाग खराब’को छायांकन सम्पन्‍न

हिमाल प्रेस १३ असार २०८० ११:५८
10
SHARES
‘दिमाग खराब’को छायांकन सम्पन्‍न

काठमाडौँ- निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को छायांकन सकिएको छ। निर्देशक बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्मको छायांकन ३६ दिनमा सकिएको जानकारी दिएका हुन्।

काभ्रेको पाँचखाल र काठमाडौँमा छायांकन गरिएको फिल्मको छायाकार सुशन प्रजापति हुन्। जनता र शक्तिको कथामा बनेको फिल्मको पटकथा लेखन आकाश बरालले गरेका छन्।

फिल्ममा निश्चलसहित खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का, विजय बराललगायतको अभिनय छ। ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा बनेको फिल्म आगामी कात्तिक २४ प्रदर्शन गर्ने तयारी रहेको निर्माण टिमले जनाएको छ।

फिल्ममा निमेष श्रेष्ठको सम्पादन र जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत छ। रौनक विक्रम कँडेलले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता सुरज बम ठकुरी हुन्। यसअघि निश्चलले ‘लुट’, ‘लुट २’ र ‘टलकजंग भर्सेस टुल्के’ फिल्म निर्देशन गरिसकेका छन्। तस्बिर- बस्नेतको फेसबुकबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =