असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस ११ असार २०८० १५:४०
2
SHARE
असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असारभित्र बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास गरिने बताएका छन्। त्यसका लागि तयारी भइरहेको उनले बताएका हुन्।

आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटकपटक प्रतिबद्धता गरेको स्मरण गर्दै उनले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको बताए। ‘हिजोमात्रै प्राधिकरणका कार्यकारी निर्देशकलाई एक हप्ताभित्र आयोजनाको कार्यालय स्थापना तथा शिलान्यासको व्यवस्था मिलाउन निर्देशन दिएको छु,’ उनले भने।

धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुढीगण्डकी निर्माण महत्त्वपूर्ण रहेको बताए।

प्रकाशित: ११ असार २०८० १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =