‘अपराध स्वीकार्ने अभियुक्तलाई ५० प्रतिशत सजाय छुट दिने व्यवस्था गर्न लागिएको छ’

हिमाल प्रेस १० असार २०८० २१:००
60
SHARES
‘अपराध स्वीकार्ने अभियुक्तलाई ५० प्रतिशत सजाय छुट दिने व्यवस्था गर्न लागिएको छ’

पाँचथर- महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले अपराधका घटनाहरूमा प्रहरी र सरकारी वकिलबाट हुने अनुसन्धान र अभियोजनलाई विश्वसनीय एवं प्रभावकारी बनाउनु जरुरी रहेको बताएका छन्।

अनुसन्धान र अभियोजन विश्वसनीय र प्रभावकारी हुन सकेमात्रै पीडकले सजाय र पीडितले न्याय पाउन सक्ने भन्दै उनले त्यसका लागि महान्यायाधिवक्ताको कार्यालयले प्रयास गरिरहेको बताए। ‘समाजमा न्याय भनेको अदालतको फैसला हो भन्ने बुझाइ छ। न्याय भनेको त्यो प्रक्रियामा रहेका हरेक मानिस न्यायाधीश हुन्,’ उनले भने, ‘पहिलो न्यायाधीश प्रहरी हो, दोस्रो सरकारी वकिल हो। दुवैले न्याय नदिए जिल्ला अदालतले न्याय दिने ठाउँ रहँदैन। अन्यायको शृंखला मात्रै पुष्टि हुन्छ।’

जिल्ला सरकारी वकिल कार्यालय पाँचथरको नवनिर्मित भवनको आज (आइतबार) फिदिममा उद्घाटन गर्दै उनले विगतदेखिको प्रक्रियाका रूपमा अनुसन्धान र अभियोजनलाई विश्वासनीय र प्रभावकारी बनाउने अभियान चलिरहेको बताए।

अपराध स्वीकार गर्ने अभियुक्तलाई ५० प्रतिशत सजाय छुट दिने कानुनी व्यवस्थाको कार्यान्वयनमा ल्याउन लागिएको उनले जानकारी दिए।

प्रकाशित: १० असार २०८० २१:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =