महान्यायाधिवक्ताले राष्ट्रपतिसमक्ष पेस गरे वार्षिक प्रतिवेदन

हिमाल प्रेस १६ माघ २०७९ १७:३२
6
SHARES
महान्यायाधिवक्ताले राष्ट्रपतिसमक्ष पेस गरे वार्षिक प्रतिवेदन

काठमाडौँ– महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले वार्षिक कार्यसम्पादन प्रगति प्रतिवेदन तयार पारेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका छन्। संविधानको धारा १५९ को व्यवस्थाअनुसार आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन उनले राष्ट्रपतिसमक्ष पेस गरेका हुन्।

प्रतिवेदनमा उक्त समयावधिभित्र सार्वजनिक शान्ति हितविद्धको कसुर १९ हजार ५४, करणीसम्बन्धी कसुर ७ हजार ५ सय २८, लागू औषधसम्बन्धी कसुर ६ हजार ६ सय ४२, चोरी तथा डाका कसुर ६ हजार ४ सय ५, ५ हजार २ सय २५, ज्यानसम्बन्धी कुसुर ५ हजार १ सय ३६, विवहासम्बन्धी कसुर १ हजार ९ सय ९१, वनसम्बन्धी कसुर १ हजार ७ सय ७७, ठगीसम्बन्धी कसुर १ हजार ७ सय ६ र जुवासम्बन्धी कसुर ७ सय २२ उल्लेख रहेको उनले जानकारी दिए।

महान्यायाधिवक्ताको कार्यालयमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिइएको हो। धारा १५९ को उपधारा १ बमोजिम महान्यायाधिवक्ता कार्यालयले राष्ट्रपतिसमक्ष वार्षिक प्रगति विवरण बुझाउनुपर्ने व्यवस्था छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 1 =