महान्यायाधिवक्ताको स्पष्टीकरण : प्रमाण अध्ययन गरेरै रवि लामिछानविरुद्ध मुद्दा नचलाउने निर्णय गरियो

हिमाल प्रेस २४ चैत २०७९ १५:४६
28
SHARES
महान्यायाधिवक्ताको स्पष्टीकरण : प्रमाण अध्ययन गरेरै रवि लामिछानविरुद्ध मुद्दा नचलाउने निर्णय गरियो

काठमाडौँ- महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध राहदानीको विषयमा अध्ययन गरेर नै मुद्दा नचलाउने निर्णय गरिएको बताएका छन्।

महान्यायाधिवक्ता नियुक्ति भएको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलन गरेर उनले प्रमाण मूल्यांकन गरेर मुद्दा नचलाउने निर्णय गरिएको बताएका हुन्।

उनले भने, ‘रवि लामिछानेको राहदानी प्रकरणमा प्रक्रियागत रूपमा आइसकेपछि प्रमाणको मूल्यांकन गरेर, विवेकको प्रयोग गरेर गरिएको निर्णय हो। महान्यायाधिवक्ता यसलाई राजनीतिक सौदाबाजीमा भएको निर्णय हो भन्नु अन्याय हुन्छ।’

उनले यसविषयमा विवेक पुर्‍याएर निर्णय गरिएको पनि दाबी गरे। ‘विवेकपूर्ण रूपमा गरेको कामप्रति हामी कन्फिडेन्ट छौँ। राजनीतिक विषयसँग जोड्न जरुरी छैन’ उनले भने।

प्रकाशित: २४ चैत २०७९ १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 3 =