बुटवलको बजेट २ अर्ब ३६ करोड, प्राथमिकतामा शिक्षा र स्वास्थ्य

हिमाल प्रेस १० असार २०८० १८:२९
6
SHARES
बुटवलको बजेट २ अर्ब ३६ करोड, प्राथमिकतामा शिक्षा र स्वास्थ्य

काठमाडौँ- बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ३६ करोड ५४ लाखको बजेट प्रस्तुत गरेको छ।

बुटवल उपमहानगरले शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेको छ। कृषि, पर्यटन, रोजगार, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिइएको उपमहानगरले जनाएको छ।

त्यस्तै, बजेटमा उज्यालो बुटवल, सफा, सुन्दर, हरियाली सहितको सुरक्षित र समुन्नत सहरका रूपमा विकास गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ।

बजेटमा शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, समावेशीकरणतर्फ २७ करोड ४९ लाख, नगरस्तरीय योजना तथा कार्यक्रमका लागि ४१ करोड १८ लाख, वडास्तरीय योजनाहरुका लागि १६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

कृषि, पशुपक्षी विकास, पर्यटन, उद्योग, वाणिज्य, सहकारी र रोजगारतर्फ ४ करोड ४० लाख, फोहरमैला व्यवस्थापन तथा वातावरणतर्फ १ करोड ८३ लाख बजेट छुट्याइएको छ।

प्रस्तुत बजेट कार्यक्रम कार्यान्वयन गर्न आवश्यक पर्ने सबै किसिमका कार्यविधिहरू आर्थिक वर्षको भदौ महिनाभित्रै स्वीकृत गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइने जनाइएको छ।

नगरभित्र उपलब्ध प्राकृतिक स्रोत र साधनको अधिकतम उपयोग गरी उत्पादन र रोजगारी अभिवृद्धि गर्ने बजेटमा जनाइएको छ।

प्रकाशित: १० असार २०८० १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nine =