पूर्वाधारलाई प्राथमिकतामा राख्दै वीरेन्द्रनगरमा ३ अर्बकाे बजेट

हिमाल प्रेस १० असार २०८० १८:११
4
SHARES
पूर्वाधारलाई प्राथमिकतामा राख्दै वीरेन्द्रनगरमा ३ अर्बकाे बजेट

सुर्खेत- आगामी आर्थिक वर्षका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको बजेट प्रस्तुत गरिएकाे छ। आइतबार नगरसभामा प्रस्तुत बजेटअनुसार आगामी आर्थिक बर्ष २०८०/८१ का लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९ सय ६७ रुपैयाँ बराबरकाे बजेट ल्याएको हो।

उक्त बजेट चालू आर्थिक वर्षकोभन्दा करिब १ अर्बभन्दा बढी हो। चालु आर्थिक वर्षमा वीरेन्द्रनगरकाे बजेट १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको बजेट ल्याएको थियो।

नगरपालिका प्रमुख मोहनमाया ढकालले बजेट प्रस्तुत गर्दै आगामी आवमा वडा कार्यालय सञ्चालनका लागि पुँजीगतसहित १९ करोड ३८ लाख विनियोजन गरिएको बताइन्। उनले नगरस्तरीय कार्यक्रमका लागि ३८ करोड ५९ लाख विनियोजन गरिएको उनले बताइन्।

बजेट विशेषगरी वीरेन्द्रनगरको वर्तमान आवश्यकता, रोजगारी, पूर्वाधार विकास लगायतलाई प्राथमिकता राखेर बजेट ल्याइएकाे छ। ‘शैक्षिक, प्रशासनिक, पर्यटकीय शहर स्वच्छ, समुन्नत वीरेन्द्रनगर’ भन्ने नारासहित नगरपालिकाले बजेट ल्याएको छ।

यसअघि नगरप्रमुख मोहनमाया ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। जसमा वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउनका लागि पहल गर्नेदेखि उपत्यकाको खानेपानी समस्या समाधानका लागि भेरी पम्पिङ आयोजना अघि बढाइने उल्लेख छ।

त्यस्तै वीरेन्द्रनगरमा कर्णाली बसपार्क निर्माणको योजना पनि अघि सारिएको छ। अहिलेकाे बसपार्कले राजधानीको सवारी चाप थेग्न नसक्ने भन्दै नगरपालिकाले प्रदेशस्तरीय बसपार्क निर्माण गर्ने याेजना बनाएकाे हाे। नगरपालिकालाई प्रविधिमैत्री बनाउन आफ्नै युट्युव च्यानल सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित: १० असार २०८० १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 10 =