कान्ति लोकपथमा गएको पहिरो हटाइयो, यातायात सञ्चालन

हिमाल प्रेस ९ असार २०८० २१:००
10
SHARES
कान्ति लोकपथमा गएको पहिरो हटाइयो, यातायात सञ्चालन फाइल तस्बिर- रासस

मकवानपुर- काठमाडौँ र हेटौँडा जोड्ने कान्ति लोकपथमा खसेको पहिरो हटाएर यातायात सञ्चालन गरिएको छ। ललितपुरको भट्टेडाँडास्थित प्रहरी चौकीको करिब ५ सय मिटर दक्षिणतर्फ शनिबर बिहान पहिरो खसेको थियो।

अपराह्न पहिरो हटाएर यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। पहिरो खसेपछि हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेका सवारीसाधन मकवानपुरको ठिंगनमा प्रहरीले रोकेको थियो।

मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडकखण्डअन्तर्गत कुलेखानी, चित्लाङ र थानकोटतर्फको यातायात पनि सञ्चालनमा रहेको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। रासस

प्रकाशित: ९ असार २०८० २१:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =