अहिलेकै अवस्थामा बजेट पास हुन नदिने नेकपा एसको निर्णय

हिमाल प्रेस ७ असार २०८० १८:१६
12
SHARES
अहिलेकै अवस्थामा बजेट पास हुन नदिने नेकपा एसको निर्णय माधवकुमार नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले यथास्थीतिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको समाजवादी संसदीय दलको बैठकले बजेटमा भएको असन्तुलन नसच्चाई यथास्थीतिमा सरकारले ल्याएको बजेट पारित हुन नदिने निर्णय गरेको दलका उपनेता राजेन्द्र प्रसाद पाण्डले बताए।

बैठकले बजेटमा रहेका असन्तुलनलाई मिलाउनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री अर्थमन्त्रीका साथै गठबन्धन दलमा रहेका सबैसँग छलफल गर्ने निर्णय गरेको उनको भनाइ छ।

उनले असन्तुलित विषयलाई सन्तुलित बनाएर मात्रै बजेट पारित गर्न सकिने धारणा राखे । बजेटको छलफलका क्रममा संसदमा समेत अर्थमन्त्रीले संशोधन गर्ने संकेत देखाएको उनको दाबी छ।

१६५ निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद घटिबढी नहुने भन्दै बजेट पनि सामान रुपमा गर्न उक्त पार्टीले माग राखेको छ।

प्रकाशित: ७ असार २०८० १८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =