जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

हिमाल प्रेस ६ असार २०८० १५:५४
8
SHARES
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ। असार ७ गते बिहीबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार बैठकमा विधान अधिवेशनको तयारी र असार ९ गतेको केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने तथा समसामयिक राजनीतिलगायतका विषयमा छलफल गरिने छ।

प्रकाशित: ६ असार २०८० १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + four =