बेनी नगरपालिकाले सम्पन्‍न गर्‍यो लक्ष्यअनुसारका अधिकांश योजना

हिमाल प्रेस ४ असार २०८० ११:३३
6
SHARES
बेनी नगरपालिकाले सम्पन्‍न गर्‍यो लक्ष्यअनुसारका अधिकांश योजना

म्यग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा ८२ प्रतिशत योजना निर्माण सकेको छ।

चालु आव २०७९/०८० मा बजेट विनियोजन भएका ३ सय ४२ मध्ये जेठ मसान्तसम्म २ सय ८३ योजना निर्माण सकिएको नगरपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले ३ सय ३० योजना उपभोक्ता समिति र १२ ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिएको जानकारी दिए।

‘भौतिक पूर्वाधारका ५९ वटा योजना सम्पन्न हुने क्रममा छन,’ उनले भने, ‘सबैभन्दा बढी भौतिक पूर्वाधारका योजनामा विनियोजन भएकोमध्ये ६३ दशमलव ४२ प्रतिशत खर्च भएको छ।’

भौतिक पूर्वाधारतर्फ १७ करोड ६९ लाख ८५ हजार रूपैयाँ बजेट विनियोजन भएकामा११ करोड २१ लाख ७९ हजार रूपैयाँ खर्च भएको छ। सडक, भवन, खानेपानी, सिँचाइ, पदमार्ग, नाली निर्माणसम्बन्धी योजना धेरै छन्।

नगर गौरवका आयोजनाको रूपमा रहेको प्रशासकीय भवनको तला थप, बेनीको मिनि रंगशाला, बेनी-ज्यामरुककोट, सिंगा-तातोपानी तल्लो बजारमा कालोपत्र, बेनी-पात्लेखेत सडक र खबरा खानेपानी आयोजना निर्माण सकिएको छ

पात्लेखेत-काछलुङ खानेपानी आयोजनको ८५ प्रतिशत, गाजने-नयाँगाउँ-ढोलथान खानेपानी आयोजनाको ७५, अर्थुंगे-पुलाचौर-भुतपानी सडकको ८०, सिंगा कोल्ड स्टोरको २५, दूधेखोला-हल्लेगौडा-भकिम्ली सडकको ७० र महारानीथान-छाप-डाडाखेत-ठूलोखोला सडक आयोजनाको ८५ प्रतिशत भौतिक प्रगति भएको नगरपालिकाले जनाएको छ।

नगरपालिकामा विनियोजन भएको कूल७९ करोड १८ लाख १३ हजार बजेटमध्ये ६८ दशमलव ९७ प्रतिशत खर्च भएको छ। विकास आयोजना तथा कार्यक्रमका लागि पँुजीगत शीर्षकको२९ करोड ३७ लाख ३८ हजारमध्ये१९ करोड ४७ लाख ३३ हजार अथवा ६१ दशमलव ७८ प्रतिशत खर्च भएको छ।

चालु आवमा ४ करोड २३ लाख ७० हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको नगरपालिकाले ११ महिनामाचार करोड २६ लाख ७२ हजार एक सय ४० संकलन गरेको छ।

चालु आवको ११ महिनाका अवधिमा ३ सय ५१ जना बसाइँसराइ गरी गएका छन् भने २ सय १५ जना नगरभित्र बसाई सरेर आएका छन्। नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका २३ उजुरीमध्ये १९ को फछ्र्योट र ३ लाई सम्बन्धित निकायमा सिफारिस गरिएको छ। एक वटा सुनुवाइको प्रक्रियामा छ।

प्रकाशित: ४ असार २०८० ११:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nineteen =