संखुवासभा बाढी पहिरोमा बेपत्ता हुनेको पहिचान खुल्यो

हिमाल प्रेस ४ असार २०८० ८:११
8
SHARES
संखुवासभा बाढी पहिरोमा  बेपत्ता हुनेको पहिचान खुल्यो

संखुवासभा– संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२ पुगेको छ। बाढीले बगाउँदा पाँचखपन-९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ।

शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बाढीले चैनपुर-४ मा निर्माणाधीन सुपर हेंवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

वेपत्ता हुनेमा सुपर हेंवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगररपालिका) , सुवास राई ( संखुवासभा) , फैज कार्की (झापा) , गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), मीना श्रेष्ठ (झापा) , रामजतन थारू (कैलाली), राहुल थारू (बर्दिया), रोहित थारू (बर्दिया), पुलसन थारू (बर्दिया), कालीराम थारू (बर्दिया), राजराम थारू (बर्दिया), सुगत थारू (कैलाली), अमर थारू (कैलाली), सीता थारू (कैलाली) र दीपक मगर (संखुवासभा) छन्।

यस्तै गरी सभापोखरी गाउँपालिका-३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई बेपत्ता छन्। चैनपुर नगरपालिका-१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका-४ का ५० वर्षीय ज्ञान लिम्बू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने २ जना मजदुर घाइते भएका छन्। घाइते हुनेमा बर्दिया नगरपालिका -७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारू छन्।

गम्भीर घाइते दुवैको हेल्पिङ हेन्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ। चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका-९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो।

बाढीले जिल्लाका विभिन्न स्थानमा सात घर क्षति भएको छ भने अन्य ४ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। बाढीले ३ पक्की पुलमा क्षति पुर्‍याएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन्।

बाढी भौतिक संरचना बगाउँदा करोडौंको क्षतिको भएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित: ४ असार २०८० ८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =