भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सरकारकै हो : अख्तियार प्रमुख राई

हिमाल प्रेस ३ असार २०८० २०:३१
6
SHARES
भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सरकारकै हो : अख्तियार प्रमुख राई

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सरकारको भएको बताएका छन्। आइतबार राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो जिम्मेवारी सरकारको भएको बताएका हुन्।

सरकारले सुशासन कायम गर्ने प्रयास गर्नुपर्ने उनको भनाइ थियो। तीनै तहको सरकारले बनाएका ऐन, नियम, कानुन र नीतिभित्र रहेर कर्मचारीले काम गरेमा भ्रष्टाचार नहुने उनले बताए।

यद्यपि सरकारले सुशासन कायम गराउन नसकेको उनको भनाइ थियो। सरकारी कामकाज समयमै हुने प्रबन्ध गर्न सकेमा सुशासन कायम हुने पनि उनले बताए।

जिम्मेवारीमा रहेका सबैले आ–आफ्नो काम, कर्तव्य र अधिकार पूरा गर्नुपर्ने उनको भनाइ थियो। प्रमुख आयुक्त राईले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको अन्तिम अवस्थामा मात्रै अख्तियार दुरुपयोग अनुसन्धानको काम आउने उल्लेख गरे। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्लो प्रयासले मात्रै भ्रष्टाचार नियन्त्रण हुन नसक्ने उनले बताए।

प्रकाशित: ३ असार २०८० २०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =