आजको मौसम : कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

हिमाल प्रेस ३ असार २०८० १०:३०
6
SHARES
आजको मौसम : कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यसकारण हाल कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा, कोशी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भेगका थोरै स्थान र देशका बाँकी तराई भू-भागमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानाकारी दिएको छ।

प्रकाशित: ३ असार २०८० १०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =