बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा आवश्यक : अध्यक्ष नेपाल

हिमाल प्रेस २ असार २०८० १८:५९
8
SHARES
बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा आवश्यक : अध्यक्ष नेपाल माधवकुमार नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताएक छन्।

पार्टी निकट गोरखा–काठमाडौँ सम्पर्कमञ्चको प्रथम जिल्ला अधिवेशनको शुभारम्भ कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा राजनीतिक स्थिरता कायम गरी जनताको लामो संघर्षबाट प्राप्त संविधान तथा राजनीतिक व्यवस्थालाई संरक्षण गर्न मोर्चाको आवश्यकता रहेको बताए।

२०४६ को आन्दोलनमा पनि वामपन्थीको मोर्चा बनाएर राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनले देशमा राजनीतिक स्थायित्व र स्थिरता प्रदान गर्न तेस्रो शक्तिका रूपमा मोर्चालाई स्थापित गराइने बताए।

अध्यक्ष नेपालले शोषण, दमन, उत्पीडन, भेदभावविरुद्धका मुद्दामा समाजलाई सही दिशानिर्देश गर्न, कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउन निर्माण गरिएको मोर्चा छिट्टै घोषणा हुने बताए।

कुनै पनि पार्टीलाई मोर्चामा विलय गराउने उद्देश्य नभएको पनि उनले प्रष्टीकरण दिए। अहिले मौलाइरहेको भ्रष्टाचारको अन्त्य गर्न राजनीतिमा शुद्धीकरणको खाँचो औँल्याउँदै उनले त्यसका लागि स्वच्छ छवि भएका निष्कलंक व्यक्ति राजनीतिप्रति आकर्षित हुनुपर्ने बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले तत्कालीन एमालेको नवाँै महाधिवेशनमा सुखी नेपाली र समृद्ध नेपाल भन्ने नारा आफूले अगाडि सारेको बताए।

प्रकाशित: २ असार २०८० १८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fifteen =