बागमतीको बजेट ६२ अर्ब ७० करोड

हिमाल प्रेस १ असार २०८० १७:५७
24
SHARES
बागमतीको बजेट ६२ अर्ब ७० करोड

काठमाडौँ- बागमती प्रदेश सकारले आगामी आर्थिक वर्षको लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैँयाको बजेट ल्याएको छ। विनियोजन मध्ये चालुतर्फ २६ अर्व ७० करोड २७ लाख ६९ हजार, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार र वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट ५अर्ब २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट रु। १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको वचत र अन्य प्राप्तिबाट १४ अर्व ४५ करोड ४७ लाख व्यहोरिने अनुमान गरिएको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले बताए।

बजेटको पूर्णपाठ

प्रकाशित: १ असार २०८० १७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =