प्रधानन्यायाधीशलाई आजै शपथ गराउने तयारी

हिमाल प्रेस १ असार २०८० ११:५३
12
SHARES
प्रधानन्यायाधीशलाई आजै शपथ गराउने तयारी

काठमाडौँ– सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई शुक्रबार (आज) नै शपथ ग्रहण गराउने तयारी भएको छ।

बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समिति बैठकले प्रधानन्यायाधीशमा उनको नाम सर्वसम्मतिले अनुमोदन गरेपछि उनलाई आज नै शपथ गराउने तयारी भएको हो।

कार्कीको आज नै शपथ हुनसक्ने राष्ट्रपति कार्यालयकी प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएको पत्र राष्ट्रपति कार्यालयमा समयमै आइपुगेमा शुक्रबार नै शपथगराउने तयारी रहेको उनको भनाइ छ।

यो पनि:

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मतले अनुमोदन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =