गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

हिमाल प्रेस १३ पुष २०८० १२:१३
8
SHARES
गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै परेको रिटको पेसी सर्वोच्च अदालतकी न्यायाधीश सुष्मलता माथेमाको इजलासमा परेको छ।

गभर्नर अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै बिहीबार अधिवक्ता दीपकराज जोशीसहित चार जनाले रिट दायर गरेका थिए। त्यसको प्रारम्भिक सुनुवाइ हुन लागेको हो।

अधिकारी २०७६ चैत २४ गते गभर्नरमा नियुक्त भएका थिए। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० सञ्चालकको योग्यताअनुसार नभएको भन्दै रिट निवेदकले दाबी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 18 =