मनसुनले दिँदैछ राहत, आज यी स्थानमा पानी पर्ने

हिमाल प्रेस १ असार २०८० ६:२५
6
SHARES
मनसुनले दिँदैछ राहत, आज यी स्थानमा पानी पर्ने फाइल तस्बिर।

काठमाडौँ– शुक्रबार (आज) देशका पहाडी भू-भागमा आंशिक दखि सामान्य बदली रही कोशी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र पहाडी भू-भागका सीमित स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

राति भने कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका मध्य तथा पश्चिम तराईका अधिकांश भू-भागको तापक्रम केही दिन नघट्ने महाशाखाको भनाइ छ।

प्रकाशित: १ असार २०८० ६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =